उपनिर्वाचनको मत परिणाम अन्तिम चरणमा, ५० स्थानको नतिजामा नेकपाको अग्रता | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

उपनिर्वाचनको मत परिणाम अन्तिम चरणमा, ५० स्थानको नतिजामा नेकपाको अग्रता

nekapa

काठमाडौं, १६ मंसिर । देशभरका ५२ स्थानमा भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएसँगै मतगणना अन्तिम चरणमा पुगेको हो ।

एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको छ । प्रदेशसभाका ३ सिटमध्ये भक्तपुर क्षेत्रनम्बर १ (क) कांग्रेस विजयी हुँदा दाङ क्षेत्रनम्बर ३ (ख) मा नेकपा र बागलुङ क्षेत्रनम्बर २ (ख) मा नेकपा समर्थित राजमोले जितेका छन् । उपचुनावमा कांग्रेसले दुई गाउँपालिका गुमाए पनि भक्तपुरको प्रदेशसभा सदस्य थप गर्न सफल भएको छ ।

उपचुनावको मतगणना सकिएका ५० मध्ये कांग्रेसले १ प्रदेशसभा सदस्यसहित ११ वडाअध्यक्ष जितेर १२ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ । त्यस्तै समाजवादी पार्टीले ४ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।

ताजा समाचार