कास्की क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कास्की क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई विजयी

bidya_bhattarai

कास्की, १६ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । भट्टराई ८ हजार ४ सय ९ मतान्तरले विजयी हुनु भएको हो ।

उहाँले २४ हजार ३९५ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत ल्याउनुभएको छ । मतपरिणाम सँगै पराजित कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।

विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कास्की २ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);