भक्तपुरमा कांग्रेस २४ सय मतअन्तरले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भक्तपुरमा कांग्रेस २४ सय मतअन्तरले अगाडि

Krishna-Lal-Bhadel

काठमाडौं, १५ मंसिर । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् ।

कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् । यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् । यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);