प्रधानमन्त्री देउवा जलवायु सम्मेलनका लागि लण्डनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री देउवा जलवायु सम्मेलनका लागि लण्डनमा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप-२६ मा सहभागी हुन लण्डन पुगेका छन् ।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए । नोभेम्बर १ र २ मा हुने सम्मेलनको वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रोशन खनालसहितले हिथ्रो बिमानस्थलमा स्वागत गरे । 

शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा देउवाले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा स्वदेशका लागि प्रस्थान हुनेछन् 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);