रक्षामन्त्री ईश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रक्षामन्त्री ईश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्री

पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई –

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । तीनदिने भारत भ्रमणका लागि आजै नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले एमालेकै महासचिवसमेत रहेका रक्षामन्त्री पोखरेललाई कार्यवाहक दिएका हुन् । सरकारमा उपप्रधानमन्त्री नभएपनि दोस्रो वरियताका मन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा पनि पोखरेललाई नै दोस्रो वरियतामा राखिएको छ । पोखरेलले कार्यवाक प्रधानमन्त्री भएर तीन दिनसम्म काम गर्न पाउने छन् । प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएसँगै उनको कार्यवाक पद स्वत फिर्ता हुने छ ।

यसैगरी एमाले अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);