सिके राउत: माग र संगठन दुवै त्यागे, दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सिके राउत: माग र संगठन दुवै त्यागे, दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम

sik raut

काठमाडौँ, २४ फागुन । सिके राउत आफ्नो मुख्य मागबाट पछि हट्ने भएका छन् । उनी अहिलेसम्म आफूले स्वतन्त्र मधेशको माग राख्दै संचालन गरिरहेको संगठनसमेत विघटना गर्न तयार भएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउनले सरकारसँग गोप्य वार्ता गरेका थिए । यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

लगत्तै आश्चर्यजनक रुपमा आजै उनको प्रधानमन्त्रीसँग विशेष सम्बोधन छ । देश नै टुक्र्याउने माग लिएर अगाडि बढेका सिके राउत एक्कासी आफ्नो मागबाट पछि हट्नु, आफ्नो मागको ठिक विपरित कुरा स्वीकार गर्नु र जेलबाट निस्किएलगत्ते प्रधानमन्त्रीको उपस्थितिमा सम्बोधनको कार्यक्रम राखिनुले नेपाली राजीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएको राजनीतिक एवं सुरक्षा स्रोतहरुले पुष्टि गरेका छन् । राष्ट्रिय सभागृहमा आज सम्बोधनको कार्यक्रम राखिएको छ ।

‘अलग मधेश राज्यको माग गरिरहेका सिके राउतले सरकारसँग गोप्य रूपमा अखण्ड नेपाल स्वीकार्ने सहमति गरेको र त्यसको घोषणा गर्नका लागि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा सार्वजनिक कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);