बारा–२ मा यादव,पौडेल, कुशवाहा,खरेल प्रतिस्पर्धामा, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बारा–२ मा यादव,पौडेल, कुशवाहा,खरेल प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

काठमाडौं, ७ वैशाख । तराईको जिल्ला बारामा साँझबिहानको तापक्रम दिन प्रति दिन बढ्दो छ । उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् । केही दिन अघि मात्रै सम्म काठमाण्डौं मैं रहेका उम्मेदवार अहिले मधेसी पहिरनमा सज्जिएर यति बेला मतदाताको घर आँगनमा दिन रात छन् । अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलो मैं व्यस्त छन् । बाराको चर्को घामको प्रवाहा नगरी उम्मेदवार घरदैलो गरिरहेका हुँन् ।

देशभर उप–निर्वाचनको सर्दगर्मी ह्वात्तै बढेको बेला बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ । सबै क्षेत्रमा उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारले जित्ने दाबी समेत गरिरहेका छन् ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल बिच मुख्य प्रतिस्पर्धा हुँने आंकलन गरिए भए पनि उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौंती दिदै बारा उत्रिएका छन् । चुनावको मिति नजिकिँदै गर्दा जसपालाई जनमतका उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ । मधेसवादी दलका दुई शिर्ष नेता बिचको रस्साकस्सीको फाइदा उठाउँने दाउमा नेकपा एमाले देखिन्छ ।

मधेस मैं राम्रो छवी बनाउँन सफल एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि भने टाउको दुखाइ बनेको छ । पौडेल बलिया उमोदवार समेत हुँन् । पौडेल बारा कै चिर परिचित अनुहार तथा बाराका पुरानों र जनमुखी नेताको रुपले समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि उनि टाउको दुखाइ बनेको हुँन् । पौडेललाई अन्य उम्मेदवार झैं चिनाउँदै हिन्नु पर्ने बाध्यता नभएकै कारण घरदैलो र टोल सभाको अन्तिम चरणमा पुर्‍याएका छन् ।

गत २०७० सालमा बारा क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष रूप मैं निर्वाचन लडेर बिजयी भएका पौडेलले मतदाता सामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देश मैं बस्ने वातावरण बनाउँने प्रतिबद्धता समेत राखिरहेका छन् । त्यो समय पौडेलले गरेको योगदानको कदर गर्दै जनताको जन लहर समेत एमालेका पौडेल प्रति नैं देखिन्छन् । यता, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रत्येकको घरमा गएर मतदातालाई रुझाउँनु पर्ने बाध्यता देखिन्न्छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवका लागि बारा क्षेत्र नम्बर २ मा पनि भने जस्तो सजिलो देखिएको छैन् । बारामा पनि उनी सामु डा।राउत बाधक बनेर अगाडि आएका छन् । राउतले मंसिरमा सम्पन्न चुनावमा पनि गठबन्धनको उम्मेदवार भइ झिनों मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैंदानमा उतारेका छन् ।
नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा।राउतले उम्मेदवार मात्रै बनाएनन्, आँफै चुनावी कमाण्ड सम्हालिरहेका छन् । मनोनयन दर्ता पछि बारा मैं बसिरहेका डा।राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ । त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैंदानमा प्रतिस्पर्धी नैं नभेटेको बताइरहेका छन् । मैंदानमा प्रतिस्पर्धी नैं नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको उनी बताउँ छन् । बारा २ का जनता आँफूलाई जिताउँन उत्साहित रहेको यादवको भनाई छ । तर, जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुँनै आधार नदेखेको दावी गरिरहेका छन् । सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउँनेरु बाराको ईज्जत किन्न आएका हुँन् उनीरु भन्दै प्रश्न तेर्स्याउँ छन् ।

राउतको भनाइ अनुसार बारा २ का जनताले धर्ती पुत्रलाई जिताउँने छन्। अर्थात् आफ्नैं पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दावी छ । ‘जसले आफ्नैं चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नैं छैन् । धर्ती पुत्रले चुनाव जित्ने निश्चित छ ।’ राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन् । आफ्नों उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा।राउतले आँफू नैं उम्मेदवार भए जसरी मत माँगिरहेको यादवले बताए । ‘आफ्नों उम्मेदवारको सामाजिक छविका कारण राउतले आँफू नैं उम्मेदवार भए जसरी मत माँगिरहेका छन’ यादवले भने ‘यो सबै जनता झुक्याउँने फर्जी कुरा हो । फर्जी काम गर्न राउत बारामा समेत आएका छन् ।’ आँफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन् । ‘उपेन्द्र यादव हार्छ भन्ने बोली राउतको होइन अरुको हो । मुख उहाँको तर भनाई अरुको हो । राउतले त जागिर खाई रहँनु भएको छ ।’ चार महिना मैं उप-निर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहँदैनन् । चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन् । मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ ।

यादवको चुनावी प्रचारमा प्रदेशका अर्थ मन्त्री संजिव कुमार यादव, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह सहिँत प्रदेश सभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन् । यता, जनमत पार्टीका अध्यक्ष राउत आँफै मतदाताको घरघरमा पुगिरहेका छन् । उनले चुनावी अभियानलाई स्वाभिमान् यात्रा बताईरहेका छन् । बारा २ को विकासमा धर्ती पुत्रको खाँचो रहेको बताउँदै राउत घरदैलोमा डुलिरहेका छन् । राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ ।

यता मधेसवादी दलका दुई शिर्ष नेता बिचको रस्सा-कस्सीको फाइदा उठाउँने दाउमा नेकपा एमाले देखिन्छ । एमालेले पोलिव्युरो सदस्य एवंम् पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा छन् । बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिएका छन् । ‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ । काम गर्ने पार्टी कुँन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु ।’ एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन् । त्यस बाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वाल कुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन् ।

दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउँदै लगेको छ । त्यस बाहेक मधेसबादी दुई दल बिचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैंदानमा सक्रियताका साथ लागेका छन् । काठमाण्डौंमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एक(पटक बारा आईसकेका छन्, भने अन्य नेतृत्व सक्रियताका साथ लागि रहेका छन् ।

यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नों पक्षमा आउँने दावी गरिरहेका छन् । मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यस पटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुँन् । उनको चुनावी अभियानमा अध्यक्ष साह आँफै सक्रिय भएका लागेका छन् ।

राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आँफूले जित्ने दावी गरिरहे पनि आम मतदाता भने अन्यौलमा देखिन्छन् । विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुँन्छन् । चुनावमा नारा बोकेर आए पनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ । बारा क्षेत्र नं.२ मा करिब एक लाख पाँच हजार मतदाता छन् । यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भु–भाग पर्दछ ।
बाराबाट श्याम गुप्ताको स्थलगत रिपोर्ट ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);