भक्तपुरको क्षेत्र नं. १ (क) का उम्मेद्वारलाई जनताको घरदैलोमा पुग्न भ्याइ-नभ्याइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुरको क्षेत्र नं. १ (क) का उम्मेद्वारलाई जनताको घरदैलोमा पुग्न भ्याइ-नभ्याइ

upanirbachan

भक्तपुर, २ मंसिर । मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचार प्रसारको तिव्रतासँगै भक्तपुर क्षेत्र नं १ क निर्वाचनमय बनेको छ । आ–आफूलाई मतदान गर्न आग्रह गर्दै उम्मेद्वारहरु यति बेला घर दैलो कार्यक्रममा ब्यस्त रहेका छन् ।

उपनिर्वाचनको दिन नजिकिएसंगै भक्तपुरको क्षेत्र नं. १ क का उम्मेद्वारहरुलाई मत माग्नका लागि जनताको घरदैलो पुग्न भ्याइ नभ्याइ छ । मुख्यगरी नेकपा, नेपाली काँग्रेस, नेमकिपा र साझा पार्टीका उम्मेद्वारहरुले यतिबेला घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

भक्तपुरको क्षेत्र नं. १ क को उपनिर्वाचन क्षेत्रमा १९ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । ९ जना राजनीतिक दलका र १० स्वतन्त्र उम्मेद्वार गरी कूल १९ जना चुनावी मैदानमा छन् ।

घरदैलो कार्यक्रममा रहेका नेकपाका तर्फबाट उम्मेद्वार देवी प्रसाद ढकालले आफ्नो पार्टीको पुरानै प्रतिबद्धताहरुलाई पुरा गर्न लागि पर्ने बताउनु भयो । जनताको आर्थिक बिकास र समृद्धिनै आफ्नो पार्टीको एजेन्डा रहेको उहाँको भनाई छ ।

नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भडेलको आमाको आइतबार बिहान निधन भएकाले उहाँ घरदैलो कार्यक्रममा उपस्थित हुन सक्नु भएको छैन । उम्मेदवार भडेललाई मातृशोक परेपछि उहाँका लागि भोट माग्न भक्तपुरका कांगे्रसी नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रम गरिरहेका छन् ।

नेपाल मजदूर किसान पार्टीका उम्मेद्वार निरज लवजुले यो क्षेत्रका जनताको आवश्यकता के हो र कसरी सहज बनाउने भन्ने नै आफ्नो एजेन्डा रहेको बताउनु भयो ।

त्यस्तै साझा पार्टीका उम्मेद्वार सुरज प्रधानले हरेक परिवर्तनलाई आत्मा साथ गरी व्यवहारमा लागू गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै हरेक नेपालीलाई शिक्षा स्वास्थ्य नै प्रमुख एजेन्डा रहेको बताउनु भयो ।

मुख्य त यस क्षेत्रमा नेकपा, नेपाली काँग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रका प्रदेशसभाका प्रदेश सांसद हरिशरण लामिछानेको निधनपछि रिक्त रहेको यस क्षेत्रमा निर्वाचन हुन लागेको हो ।

यो प्रदेशमा चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्छ । यस क्षेत्रमा ४५ हजार १५ मतदाता रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);