पर्साको झौवागुठीका वासिन्दा सधैजसो सीमा बिवादको समस्यामा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पर्साको झौवागुठीका वासिन्दा सधैजसो सीमा बिवादको समस्यामा

nepal-india border

राजेन्द्र नेपाल
पर्सा, २ मंसिर । पर्साको बिन्दवासनी गाउँपालिका वडा नं.३ झौवागुठीका स्थानीयहरु भने हरेक दिन झैँ सीमा विवादले समस्यामा पर्दै आइरहेका छन् । वर्षौँदेखि भोग चलन गर्दै आएको जग्गा भारतीय भूमीमा परिणत भएपछि उनीहरुको विच्चली भएको हो । भारतीय अतिक्रमण खुल्लमखुल्ला बढ्दा पनि स्थानीय प्रशासनले कुनै चासो नदेखाएको सर्वसाधारण गुनासो गर्छन ।

भारतीय अतिक्रमणले प्रदेश २ अन्तर्गत पर्साको विन्दवासनी गाउँपालिका–३ का स्थानीयहरुले देशको भूमी त गुमाएका छन् नै आफ्नो जिविकोपार्जन गर्दै आएको भूमी पनि गुमाउँदै आएका छन् ।

बर्षौँदेखि भोगचलन गर्दै आएको जमीन भारतले अतिक्रमण गरेपछि उनीहरुको रोजीरोटीको आधार समेत गुमेको छ । स्थानीय १०९ वर्षीय मुसहर राउत गद्दी आफनो जग्गा रातारात भारतीय पक्षले बल प्रयोग गरेर खोसेर सीमा स्तम्भ नं.३९५/२९ जवरजस्ती लगाएको बताउँछन् ।

आफ्नो नम्बरी जमिनको प्रत्येक वर्ष सरकारलाई कर तिरेको रसिद देखाउँदै उनले आफ्नो सबै जग्गा भरतमा परेकोले आफुसंग लालपुर्जा बाहेक केही नरहेको दुखेसो पोखेका छन् ।

सोही गाउँका अर्का स्थानीय ईदुस देवानको पनि समस्या त्यस्तै रहेको छ । उनको ६ कठ्ठा जग्गा भारतमा परेको छ । उनको पनि अव लालपुर्जा बाहेक अरु केही रहेन ।

यी त केही प्रतिनिधि पात्रहरु मात्र हुन् । पर्साको बिन्दवासनी गाउँपालिकाका मात्रै धेरैको जग्गा भारतमा परेको छ । भारतीय पक्षको दवाव तथा बलका कारण कसैले केही बोल्न नसक्ने उनीहरुको गुनासो छ ।

बिन्दवासनी गाउँपालिका वडा नं.४ का स्थानिय जननिर्वाचित प्रतिनिधि मुकेश साह कानुको जग्गा पनि अतिक्रमणको चपेटामा परेको छ । आफ्नो ३ पुस्ता देखि भोग चलन गर्दै आएको प्रमाण भएकै ४ विगहा जग्गा भारतले अतिक्रण गरेको उहाँले बताउनु भयो ।

सीमा क्षेत्रमा कहिले भारतीय एसएसवीसंगको मुठभेद र थिचोमिचोको यातनामा जीवन गुजारिरहेका छन । भारतीय पक्षको बल जबरजस्तीका कारण आफ्नो पुर्ख्यौली सम्पत्ति छोड्न बाध्य भएको उनीहरुको पीडा छ ।

सीमावासीको यो समस्या कहिलेसम्म ? हिजोसम्म नेपालको जग्गा रातारात भारतको बन्ने अनि हिजोसम्म नेपाली नागरिक आज भारतीय ? आखिर यो ज्यादती कहिलेसम्म ? भारतीय सीमा अतिक्रमणबारे स्थानीय सरकार बोल्न चाहँदैन । यसतर्फ प्रदेश सरकार र केन्द्र सरकारको गम्भीर ध्यान जान जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);