नवलपरासीको दुई भिन्दाभिन्दै स्थानमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

नवलपरासी, २१ मंसिर। नवलपरासीस्थित दुई भिन्दाभिन्दै मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

मतदाताहरू भोट खसालिरहेको अवस्थामा पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दिपज्योती निमावि केन्द्र भित्र र पश्चिमी नवल परासीको बर्दघाट नगरपालिका भूताहास्थित राजापूर्णभद्र मावी केन्द्र नजिक विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

विस्फोटका कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। विस्फोटपछि अवरूद्व भएको मतदान प्रकृया एक घण्टापछि सुचारू भएको प्रहरीले जानकारी दिएको छ।