धम्मवति मा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धम्मवति मा

बिसंतर शाक्य  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, चैत्र २९ । आफ्नो साहस र परिश्रमबाट नेपालको गरिमालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल ९० बर्षिय धम्मवती गुरुमाँलाई विशेष सम्मान गरिने भएको छ। आगामी बैशाख १ गते धम्मपुजा आयोजक समितिले राष्ट्रियसभामा गृहमा उहाँको धम्मपुजा गर्न लागेको हो।

ललितपुरमा वि.सं. १९९१ साल असार पुर्णिमाको दिन आमा हेराथकुु शाक्य र बुबा हर्षमान शाक्यकी सुपुत्रीको रुपमा उहाँको जन्म भएको हो । २००६ सालमा कुशीनगरमा १५ बर्षको उमेर प्रव्रजित भएर गणेश कुमारी शाक्य अनागारिका धम्मवती हुनभयो । उहाँले म्यानमार पुगेर १४ बर्ष बुद्धशिक्षाको अध्ययन गर्नु भएको थियो । म्यान्मारकै सर्वोच्च शिक्षाको पदवी शासनधज धम्मारिय उपाधीबाट विभूषित हुने पहिलो विदेशी नागरिक हुनुहुन्छ । म्यानम्यारका प्रशिद्ध साहित्यका रवे थ्व महास्थविरले तमी छेत अर्थात स्नेही छोरी भनेर बर्मिज भाषामा उहाँको जीवनी नै लेख्नु भएको छ। यो पुस्तक पाँचवटा भाषामा हजारौप्रति प्रकाशित भइसकेको छ।

२०२० सालमा अध्ययन पुरा गरि स्वदेश फर्किएर धर्म किर्ति विहार लगायत धेरै विहारहरु निर्माण गरेर बुद्ध शिक्षालाई घर घरमा पुरयाउनुका साथै तत्कालीन समयमा महिला जागरणको नायिका बन्नुभयो । आमा बुबाले दिएको गणेश कुमारी नाम जस्तै उहाँ आफ्नो कुरालाई सहज र सरल तरिकाले बुझाउन सिद्धहस्त हुनुहुन्छ । उहाँलाई म्यानमार सरकारले अग्गमहागन्थवाचक पण्डित उपाधिबाट विभूषित गरेको छ। नेपाल भाषा परिषदबाट भाषा थुवाः सम्मानसहित जनस्तरबाट नागरिक अभिनन्दन गरिइसकेको छ।

६० वटा भन्दा बढी पुस्तकको लेखन तथा ३ सय भन्दा बढी पुस्तक प्रकासन तथा ४० बर्ष देखि निरन्तर धर्मकिर्ति मासिक पत्रिकाको प्रकासन गरि धर्म, भाषा तथा साहित्यको उत्थान तथा नेपालमा थेरवादी शासनको जग बलियो बनाउन आफ्नो जीवनै समर्पित गर्नुभएकी धम्मवती गुरुमा केही समय अघि मात्र क्यान्सरलाई समेत पराजित गर्न सफल हुनुभएको छ।

९० बर्षको उमेरमा पनि सामाजिक सन्जालमार्फत धर्मउपदेशहरु दिएर मानवकल्याणको कार्यमा उहाँ निरन्तर खटिइरहनु भएको छ। मानव सेवामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल धम्मवती गुरुमाको योगदानको कदर गर्न राज्य चुक्नु हुँदैन । धर्मसँगै नेपाली महिलाको जागरणका निम्ति योगदान पु¥याउनुभएकी धम्मवती माको कामलाई आउँदो पुस्ताले नविर्सियोस भनेर जोगाउनका लागि हरसम्भव उपाय राज्यले गर्न आवश्यक छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);