रुघाखोकीसहितको महामारीबाट हुम्लामा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

रुघाखोकीसहितको महामारीबाट हुम्लामा ९ जनाको मृत्यु

humla

हुम्ला, १५ बैशाख । हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीसहितको महामारीबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । गत चैत्र २६ गते यता हुम्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँमा महामारी फैलिएको हो ।

हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको र २ सय भन्दा बढी विरामी रहको जनाइएको छ । बिरामीमा ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने लक्षण देखिएको छ । बिरामीमा रुगाखोकीको लक्षण देखिए पनि परीक्षण नभएकाले रोग के हो भन्ने समेत पहिचान हुन सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाखाखाका अनुसार ‘स्वाइन फ्लु’ फैलिएको हुनसक्ने अनुमान गरिएको छ । महामारीबाट ज्यान गुमाउनेमा अधिकांश बालबालिका र बृद्धबृद्धा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);