आँधि-हुरी प्रभावितलाई वर्षा अघि नै आवासको व्यवस्था गरिदिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आँधि-हुरी प्रभावितलाई वर्षा अघि नै आवासको व्यवस्था गरिदिन माग

bara parsa huri pidit

काठमाडौं, १५ बैशाख । संसदीय समितिले बारा–पर्सामा आएको आँधि–हुरी प्रभावित क्षेत्रका जनतालाई वर्षा अघि नै आवासको व्यवस्था गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तरगतको उपसमितिले तयार पारेको सो आँधि–हुरी प्रभावित क्षेत्रको स्थलगत अध्ययन प्रतिवेदनमा वर्षा लाग्नु अघि नै पीडितका लागि आवासको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको हो ।

गर्मी समेत अत्याधिक भएकाले आँधि हुरी प्रभावित क्षेत्रका जनतालाई वर्षा सुरु हुनुअघि नै आवासको व्यवस्था गर्न सरकारलाई सुझावसहितको प्रतिवेदन तयार पारिएको समितिका सदस्य एवम् बारा क्षेत्र नम्बर २ का सांसद रामसहाय प्रसाद यादवले जानकारी दिए ।

यसैबीच, उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफलका लागि बोलाइएको आईतबारको समितिको बैठक भने आगामी १७ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ । समितिका सदस्य यादवले सम्बन्धित मन्त्रालयसँग सामूहिक छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको बताए ।

गत चैत्र १७ गते आईतबार साँझ बारा–पर्सामा आएको आँधि–हुरीका कारण ३२ जनाको मृत्यु भएको थियो भने सयौं आवासविहिन भएका थिए । सरकारले उनीहरुलाई वर्षा अघि नै आवास निर्माण गरी हस्तान्तरण गरिसक्ने निर्णय गर्दै आवास निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।

सोही सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयहरु रक्षा मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहरी विकास मन्त्रालयसँग छलफल गर्न पनि समितिले ती मन्त्रालयहरुसँग सामूहिक छलफल गरी आवश्यक निर्देशन दिन लागिएको राज्य व्यवस्था तथा सुशासन समितिकी उपसचिव बबिता मिश्रले जानकारी दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);