कपिलवस्तुमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कपिलवस्तुमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुग्यो

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाणगंगा र बुद्धभूमि नगरपालिकामा मंगलबार मात्र २ जनाको मृत्यु भए संगै जिल्लामा मृत्यु हुनेको संख्या ३७ पुगेको हो ।

बाणगंगामा मंगलबार ज्यान गुमाउने पुरुष ४८ बर्षका थिए ।कोरोना माहामारीको दोस्रो लहर फैलिएसंगै कपिलवस्तुमा एक सातामा ज्यान जानेको संख्या ७ पुगेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । उनका अनुसार संक्रमितको संख्या १ सय ९२ पुगेको छ ।

कपिलवस्तुमा भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोजगारीका लागि पुगेकाहरु नेपाल फर्कने क्रमसँगै संक्रमितको संख्या बढेको स्वास्थ्य अधिकारी बताउँछन् ।

सक्रिय संक्रमितको जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका साथै बुटवलमा उपचार भैरहेको जनाइएको छ । कोरोनाको पहिलो लहरमा जिल्लामा ३० जनाको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);