कपिलवस्तुमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कपिलवस्तुमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कपिलवस्तु । कोरोना भाइरस संक्रमणले शनिबार जिल्लामा दुई महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–५, का २२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको भीम अस्पताल भैरहवामा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

त्यस्तै विजयनगर गाउँपालिका–१, का का २५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । उनको तौलिहवा अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७५ पुगेकोछ । यहाँ शनिबार ४२ जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या बढेर एक हजार ३ सय ३३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);