नुवाकोटमा कोरोनाबाट एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नुवाकोटमा कोरोनाबाट एक महिलाको मृत्यु

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएकाे छ । कोरोनाबाट मृत्यु हुने विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी का ७५ वर्षिया मंगली मिजार रहेको बताइएको छ ।

उनलाई कोरोनाको आशंकामा यहि वैशाख ४ गते त्रिशुली अस्पतालमा उपचार गर्न ल्याइएको थियो । पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।त्रिशुली अस्पतालको आइसीयुमा रहेका उनको आज विहान ११ : ३० मा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनको शव व्यवस्थापनको कसरी गर्ने भन्ने विषयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसीरहेको छ । यससँगे नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका एक महिलाको कोरोनाको कारण एक महिलाको मृत्यु भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);