कोरोनाबाट एकै दिन थप १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोनाबाट एकै दिन थप १४ जनाको मृत्यु

corona virous

काठमाडौं, १९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका मात्रै ४ जना महिला रहेका छन् । काठमाडौंका ८२, ६७ र २२ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । एकजना चिवतनका ३५ वर्षिया महिला रहेका छन् ।

यसैगरी सप्तरीमा ५५-५५ वर्षका दुई जना पुरुष, धनुषामा ६५, कास्कीमा ३१ र नवलपरासीमा ३७ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै प्युठानमा ५८, रुपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेत ४२ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);