कोरोनाबाट थप १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाबाट थप १५ जनाको मृत्यु

काठमाडाैं, २९ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १० पुरुषजना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा एकजना ६१ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ७७, ६२, ७३, ८५ र ७० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५ र भक्तपुरमा ७३ वर्षिय पुरुष तथा रामेछापमा २३, मोरङमा ४० र ७० वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको उहाँले बताउनुभयो ।

यस्तै गोरखामा ६३, नवलपरासीमा ६२, पर्सामा ५५ र कपिलवस्तुमा ४७ वर्षिया महिलाको मृत्यु छ । योसँगै नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);