उपत्यकासहित देशका विभिन्न ठाउँमा स्वाइनफ्लुको संत्रास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अपसरा लामीछाने , साउन २३, काठमाण्डौँ । केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा स्वाइनफ्लुको संत्रास फैलिएको छ । सन् २००९ मा पहिलो पटक देखा परेको इन्फ्लुएन्जा ए एच वान एन वान भाइरस अर्थात स्वाइन फ्लू हरेक सिजनमा देखिने गरेकोले यसलाई मौसमी फ्लु पनि भन्ने गरिन्छ । यस भाईरसका कारण विभिन्न ठाउँमा कतिपयको ज्यान समेत गएको छ । त्यसैले पनि चिकित्सकहरुले विशेष सर्तकता अपनाउन सर्वसाधरणलाई सुझाव दिएका छन् ।

यतिबेला काठमाडौँ उपत्यकासहित देशका बिभिन्न ठाउँका नागरिकमा स्वाईन फ्लूको संक्रमण देखिएको छ । जसका कारण मुलुकभरि नै यस रोगको त्रास फैलिएको छ । स्वाइन फ्लु श्वाससँग सम्बन्धित एउटा संक्रामक भाइरस हो । यो रोग टाइप ए भाइरसका कारणले लाग्ने गर्दछ । स्वाइन फ्लु भाइरस हावाका माध्यमबाट सर्दछ र मानिसको शरिरमा फैलन्छ । सामान्य रुघा खोकी र स्वाईनफ्लुको लक्षण उस्ता–उस्तै हुन्छन् जसका कारण स्वाईनफ्लु हो कि होइन भन्ने थाहा नहुँदा कतिपयले ज्यान गुमाउनुपरेको छ । यद्यपी लक्षण प्रकृति हेरेर शंका भने गर्न सकिने चिकित्सकहरु बताउँछ्न् । पछिल्लो पटक स्वाइन फ्लूका कारण नेपालमा छ जनाको मृत्यु भइसेको छ ।

स्वाईन फ्ल ुभएका व्यक्तिलाई उच्च ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, स्वासप्रस्वासमा अवरोध आउने, थकित हुने, कसैकसैलाई पखाला लाग्ने र बालबालिकामा बान्ता समेत हुने गर्दछ ।

सन् २००९ मा मेक्सिकोको एउटा विकट क्षेत्रमा देखिएको यो रोगले पछि गएर विश्वव्यापी महामारीको रुप लिएको थियो । नेपालमा पनि यस रोगबाट केही मानिसहरुको ज्यान गएको छ । ए भाईरस बंगुर, सुँगुरबाट सर्ने भएका कारण त्यस्ता ठाउँबाट आएका व्यक्तिहरुबाट टाढै बस्नु पर्ने चिकित्सकहरु बताउँछन । यो रोग सक्रमित ब्यक्ति बाट सजिलै सर्ने हँुदा संक्रमित ब्यक्तिको नजिक नबस्ने बाहिर, हिँडदा मास्क लगाएर हिँडने र सामान्य रुघा खोकी लागेमा तुरुन्त चिकित्सक कहाँ जचाउनाले यसको संक्रमणबाट बँच्न सकिन्छ ।

सरकारले यो रोग फैलन नदिन बिभिन्न चेतनामुलक कार्यक्रम पनि संचालन गरिरहेको छ । यद्यपी यसप्रति र्सासाधारण स्वयम् पनि सचेत हुन जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);