मुसहर समुदायले पुरानो परम्परा अनुसार यस वर्ष पनि तातो दुधमा स्नान गर्ने पर्व मनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुसहर समुदायले पुरानो परम्परा अनुसार यस वर्ष पनि तातो दुधमा स्नान गर्ने पर्व मनाए

जनकपुर, ११ माघ । चिसो मौसममा धेरैजसो मानिसहरुले तातो पानीले नुहाउने गर्दछन् । तर उम्लिरहेको दूधबाटै स्नान गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । जनकपुर लगायत तराई मधेस क्षेत्रका मुसहर समुदायमा भने उम्लिरहेको दूधले नुहाउने परम्परा नै रहेको छ ।

जनकपुर लगायत तराई मधेसमा बासोबास गर्ने मुसहर समुदायले पुरानो परम्परा अनुसार यस वर्ष पनि तातो दुधमा स्नान गर्ने पर्व मनाएका छन् । आफ्नो लोक देवता ’भुइँया महाराज’ को पूजाआजा गरि मुसहर समुदायले दुधले नुहाउने गर्दछन् ।मुसहर समुदायले वर्षौंदेखि यो परम्परालाई निरन्तरता दिदै आएका छन् । पूजा स्थलमा फूल, प्रसाद, परेवा, तपाउन अर्थात रक्सी, पान, सुपारीसँगै दुईवटा भाँडोमा दूध राख्ने गरिन्छ ।

आगो बालिएको चुलोमाथि राखिएका ती दुवै भाँडामा दूध उमालिन्छ । त्यहि दुधबाट ३ जना मूल धामी (झाँक्री) ले स्नान गर्ने गर्दछन् । तराई मधेसमा लोपोन्मुख ढोल, करताल र घुँघुर लगायतका सांस्कृतिक तथा परम्परागत बाजागाजाको धुनमा महराई गाउँदै धामीहरूले तातो दूध जिउमा खन्याउने गर्दछन् । पूजास्थलमा बाक्लो उपस्थित रहेका महिलाहरू पनि त्यतिकै रमाइरहेका थिए ।

उनीहरूले टोली बनाई महराई (विशेष लोक सांस्कृतिक गीत) गाउन व्यस्त थिए । उता तीनै धामीबाट आशिष ग्रहण गर्ने श्रद्धालुहरूको लाभालस्कर त्यतिकै थियो, पूजास्थलमा ।मुसहर समुदायकै रुबी सदाका अनुसार मुसहरहरू पारम्परिक रूपले अपतौली पूजा गर्दै आएका बताउँछिन । मुसहरहरू आफूलाई भुइँया महाराजको सन्तति मान्छन् ।सादा भन्छिन — भुइँया महाराजले मनकामना पूरा गरेका कारण आफूहरुले अपतौली पूजा गर्ने परम्परालाई निरन्तरता दिदै आएका छौं ।भूइया महाराजले मेरो मनकामना पुरा गर्यो ।

मान्ता पुरा भएपछि आफूले कबुल गरेको अनुसार आज पूजा गरेको अर्जुन मेस्तर बताउँछन्।जनकपुरधाममा मुसहर समुदायहरुले हर्षोल्लास पूर्वक शुक्रवार आफ्नो कुल देवता ‘भुइँया महाराज’ पूजा गरेका छन् ।दीना—भद्रीको नाउँले ‘भुईया महाराज’ बुझिन्छ । दीना—भद्री दुबै भाई थिए । उनको जन्म नेपालकै सप्तरीको तत्कालिन नेगारा गाविस जोगिया जाजरमा भएको थियो ।

उनी एउटा योद्धा थिए । मुसहर समुदायमाथि भई रहेको अत्याचार, अमानवीय व्यवहारलाई रोक्न दीना—भद्रीले प्रतिकार गरेको इतिहास छ । प्रतिकारकै क्रममा दुबै भाईको मृत्यु भयो । यो छैठौ सताब्दीको कुरा हो ।दीनाभद्री सप्तरीकै कटैयामा शिकार गर्न जाँदा उनलाई तन्त्रमन्त्रमार्फ उनलाई आफ्नो मतमा लिई हत्या गराएको बताउँछन् ।मुलुकका आदिवासीहरूमध्येका मुसहर जाति अझै पनि गरिब र अशिक्षित छन् ।

विभिन्न कारणले समाजको मूल प्रवाहमा आउन नसके पनि अति मेहनती यो समुदायको आफ्नै पहिचान र अटुट सांस्कृतिक परम्परा छ ।चिसो बढी हुँदा जो कोहीले तातो पानीले नुहाएको सुनेकै हुनुपर्छ । तर उम्लिरहेको दूधबाटै स्नान गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्ला । अचम्म नमान्नुस् । तराई मधेस क्षेत्रका मुसहर समुदायमा उम्लिरहेको दूधले नुहाउने एक पर्व रहेको छ ।

उक्त समुदायले शुक्रबार सामूहिक समारोहको आयोजना गरेर तातो दूधमा स्नान गर्ने पर्व मनाएका छन् । आफ्नो लोक देवता ’भुइँया महाराज’ को पूजा अवसरमा मुसहर समुदायले यस्तो कार्य गरेका हुन् । उनीहरूको ’अपतौली’ पूजा र पर्वको मूल विशेषता हो, यो ।मुसहर समुदायले वर्षौंदेखि यो परम्परालाई निरन्तरता दिदै आएका छन् । सोही अन्तरगत शुक्रवार जनकपुरधाममा हर्षोल्लास पूर्वक उम्लिरहेको दूधबाटै स्नान गरे ‘भूइया महाराज’को पूजा गरेका छन् ।

पूजा स्थलमा फूल, प्रसाद, परेवा, तपाउन (रक्सी), पान, सुपारीसँगै दुईवटा भाँडोमा दूधसमेत राखिएको थियो । त्यही दुधलाई उमाली तीन मूल धामी (झाँक्री) स्नान गर्छन् । तराई र मधेसमा लोपोन्मुख ढोल, करताल र घुँघुरलगायतका सांस्कृतिक तथा पारम्परिक बाजागाजाको धुनमा महराई गाउँदै धामीहरूले तातो दूध जिउमा खन्याउने प्रचलन रहेको छ । यस पर्वमा टोली बनाई महराई गाउने गरिन्छ । उता तीनै धामीबाट आशिष ग्रहण गर्ने श्रद्धालुहरूको लाभालस्कर लाग्ने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);