माउण्टेन टेलिभिजन आठौं वर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माउण्टेन टेलिभिजन आठौं वर्षमा प्रवेश

mountain tv

काठमाडौं, २६ मंसिर । श्रब्य दृश्यको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको माउन्टेन टेलिभिजन सातौं वर्ष पूरा गरेर अाजबाट आठौं वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि हालसम्म नयाँ-नयाँ प्रविधिको प्रयोग गर्दै देश र जनताको सेवामा समर्पित यस संस्थाले ताजा समाचार, समाजका हरेक क्षेत्रका घटनाको विश्लेषणसहित मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गर्दै आएको छ ।

चालिसको दशकमा सुरु भएको टेलिभिजन उद्योगकै रुपमा स्थापित हुँदै छ । दर्जनभन्दा बढी टेलिभिजनले विश्वभर छरिएर रहेका नेपालीलाई एक साथ सूचना र मनोरञ्जन दिइरहेका छन्। र, त्यसैको एक अभिन्न र पृथक सञ्जाल हो पद्मा मिडिया ग्रुप ।

जसको छाताअन्तर्गत माउण्टेन, विजनेश प्लस र भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन प्रशारणमा छन् । २०६७ सालमा प्रसारण प्रारम्भ गरेको माउण्टेन टेलिभिजनले आफूलाई परिस्कृत र परिमार्जन गर्दै ‘न्यूज च्यानल’का रुपमा गौरवपूर्ण सात बर्ष पूरा गरेको छ ।

र, यो बीचमा माउन्टेन टेलिभिजनले चार वटा क्षेत्रीय प्रशारण केन्द्र र एउटा उपक्षेत्रिय प्रसारण केन्द्र सहित देशैभर आफना संवाददातामार्फत क्षणभरमै कुनै पनि घटनाको समाचार आफना दर्शकहरुमाझ पुर्याइरहेको छ ।

यस सन्दर्भमा देशका महत्वपूर्ण घटनाहरु, संविधान सभाको निर्वाचन, संविधान जारी, भूकम्प, स्थानीय तहको निर्वाचन, प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा चौबिसै घण्टा समाचार र बिचार तथा बिभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण गरेर देश र जनताप्रतिको जिम्मेवारी निर्वाह गरेको स्मरणीय छ ।

राष्ट्रहित, नागरिकका समस्याको सुनुवाई र विकृति–विसंगतिको उजागरमा माउन्टेन टेलिभिजन सधै अग्र स्थानमा अभिएको छ । तत्काल तर सत्य–तथ्य समाचार र विचारको विविधतामा सन्तुलन माउन्टेन टलिभिजनको पहिलो प्राथमिकता हो । प्रत्येक राष्ट्रिय अभियानको सफलतामा दायित्वबोधका साथ अघि बढिरहेको छ माउन्टेन टेलिभिजन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);