इण्डोनेसियामा फेरी ५.९ रेक्टर स्केलको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इण्डोनेसियामा फेरी ५.९ रेक्टर स्केलको भूकम्प

एजेन्सी, १६ असोज । इण्डोनेसियामा फेरी ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । चार दिन पहिले ७.५ रेक्टरको भूकम्प र त्यसपछी गएको सुनामीमा परि अहिले सम्म १ हजार ३ सय ४७ जनाले ज्यान गुमाएका छन् । मृतकको संख्या बढ्न सक्ने अधिकारिहरुले जनाएका छन् ।

इन्डोनेसियामा गत शुक्रबार ७.५ रेक्टर स्केलको भुकम्प गएको चार दिन पछि फेरि ५.९ रेक्टर स्केल भुकम्प गएको छ । सो भूकम्पको केन्द्र इण्डोनेसियाको दक्षिण तटीय सुवां सतहबाट १० किलोमिटर रेहेको बताइएको छ ।

भूकम्पका कारण भागाभागको अवस्था उत्पन्न भएको थियो । भूकम्पको पछिल्लो क्षति विवरणमा एउटा चर्चमा बाइबल अध्ययन गर्ने ३४ जना छात्रहरुको मृत्यु भएको छ भने ५२ जना बेपत्ता छन् । मध्यवर्ती टापु सुलावेसीमा शुक्रवारको भूकम्पमा परि उद्धार र सहयोग जुटाउने प्रयास जारी छ ।

भिडियाे हेर्नुस्:

इण्डोनेसियाले भूकम्प पीडितका लागी राहत साम्रागी सहित अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ । उद्यारकर्ताहरु भत्केका भवनको भग्नावशेषमा पुरिएकाहरुको खोजी गर्दै आएका छन् ।

खाद्यान्न खानेपानी र विद्युत अभाव झेल्दै आएकालाई भरपर्दो राहत र सहयोगको खाँचो रहेको छ । शुक्रबारको भूकम्प पछी आएको सुनामीले ठुलो जनधनको क्षती भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);