अहिलेसम्मकै शक्तिशाली हाईट्रोजन बमको सफल परिक्षण गरेको उत्तर कोरियाको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एजेन्सी, १८ भदौ । उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न मिल्ने परमाणु अस्त्रको परिक्षण सफलता पुर्वक गरेको छ ।

 

उत्तर कोरियाको यो छैठौँ आणविक परिक्षण हो । यसको परिक्षणमा पुर्व भुकम्पको समेत मापन गरिएको थियो ।

 

उत्तर कोरियाका समाचार मिडिया प्योङयाङका अनुसार परिक्षण गरिएको सो बम अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेको परमाणु बम भन्दा कैयौँ गुणा शक्तिशाली रहेको छ ।

 

सो बम मिसाइलमा पनि लोड गर्न सकिने उत्तर कोरियाको दाबी छ ।

 

पहिलेको पाँच क्षेप्यास्त्र भन्दा ९.५ गुणा बढि कृतिम भुकम्प उत्पन्न गराउने क्षमता अहिलेको बममा रहेको छ ।

विश्लेकका अनुसार बिल्कुलै नयाँ बैज्ञानिक ढङगले निर्माण गरिएको यो बम निकै होसियारी पुर्वक प्रयोग गर्नुपर्नेछ । यो बममा अमेरिकी भुमिसम्म पुग्न सक्ने क्षमता रहेको छ ।

 

उत्तर कोरियाले सेप्टेम्बर सन् २०१६मा आणविक परिक्षण सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघको आर्थिक प्रतिबन्ध तथा अन्तराष्ट्रिय दबाब हुदाँहुदै पनि उसले परिक्षण गर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);