देशको इज्जत जोगाउन म्यानमारलाई बेलायतको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १८ भदौ । बेलायतका बिदेश मन्त्री बोरिस जोनसनले म्यानमारकी नेत्री आङसाङ सुकीलाई रोहिंग्या मुस्लिममाथि म्यानमारले गरेको अत्याचारलाई हटाई देशको इज्जत जोगाइराख्न चेतावनी दिएका छन् ।

 

उनले आफ्ना शक्ति प्रदर्शन गरि तत्काल मुस्लिम र अन्य समुदाय बिच चर्किएको द्वन्द्वलाई अन्त्य गर्न निर्देशन दिएका छन् ।

 

म्यानमारमा द्वन्द्वका कारण कम्तिमा एक सय भन्दा बढि रोहिंग्याको मृत्यु भइसकेको छ भने ५८, ००० भन्दा बढि छिमेकी देश बंगलादेशमा सरण लिन पुगेका छन् ।

रोहिंग्या मुस्लिम समुदायका अनुसार बौद्धधर्मालम्वी र सुरक्षाकर्मी मिलेर उनीहरुका घरमा पसेर आगो लगाएका थिए । बच्चाहरुलाई जिउदै जलाइए । कतिपय मानिस देश छोडेर बग्ंलादेश आउने क्रममा खोला तर्ने क्रममा मरेका छन् ।

 

उता म्यानमार सुरक्षा कर्मी भने आफ्ना २० पोष्टमा मुस्लिमका रोहिंग्या समुदायले हमला गरेपछि प्रतिकारका लागि उत्रिएको बताउछन् ।

 

म्यानमारको सबैभन्दा गरिब प्रान्त (राखिने)मा एक लाख रोहिंग्या समुदाय रहेका छन् ।

 

बौद्ध धमौलम्वीहरुले पहिलै देखि नै दवाबमा राखेका उनीहरु बताउछन् । आफुहरुलाई सरकारले पनि आफ्नो नागरिक जस्तो व्यवहार नगरेको उनीहरुको गुनासो छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);