अमेरिकाको लस एन्जलसमा आगलागी, सयौँ घर प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, १८ भदौ । अमेरिकाको लस एन्जलस शहरको उत्तरी प्रान्तमा रहेको भरडुगो माउन्टेन्समा भिषण आगलागी भएको छ । आगलागीका कारण कम्तिमा ७०० घर भन्दा माथि प्रभावित भएका छन् ।

 

आगलागीका कारण सर्वसाधरणलाई सुरक्षित ठाँउ तर्फ लगिएको छ ।

 

बीबीसीका अनुसार अहिलेसम्मको जानकारीमा ३ घर जलेर नष्ट भएका छन् भने मानवीय क्षति हुन पाएको छैन ।


५,८०० एकर भन्दा बढि जमिन क्षतिग्रस्त भएका छन् भने २१० सडकहरु जोखिमपुर्ण भएको कारण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।


शनिबार रातीबाट शुरु भएको सो आगो मौसम परिर्वतनसँगै आएको हुरीका कारण तीब्र गतिमा सबै दिशा तिर फैलिएको हो । हुरीका कारण आगो नियन्त्रण गर्न गाह्रो भएको अधिकारीहरु बताउछन् ।

एल ए का मेयर इरिक गार्सिटीले आगलागी नियन्त्रणका लागि सयौँरुपमा दमकल सहित कर्मचारी खटाइएको र अब चाँडै विस्थापित परिवारलाई घर फर्काइने प्रतिबद्वता जनाएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);