मौसममा न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मौसममा न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २० मंसिर । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश न. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेने बताइएको छ । बाँकी स्थानमा आंशिक बदली भई तीनवटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । बाँकी स्थानमा आंशिक बदली भई तीनवटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले ईमाउन्टेन टीभी अनलाइनलाई जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलब २ डिग्री र अधिकतम तापक्रम २० दशमलब ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलब ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);