सिएमसीद्धारा मेलम्ची पीडितको सूची सार्वजनिक, स्थानीय आन्दोलनको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सिएमसीद्धारा मेलम्ची पीडितको सूची सार्वजनिक, स्थानीय आन्दोलनको तयारीमा

melamchi

सिन्धुपाल्चोक,२० मंसिर । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै आएका स्थानीय सप्लायर्सले आयोजनाविरुद्ध पुनःआन्दोलनको तयारी गरेका छन् । यहि मंसिर २५ गते सम्म पनि रकम भ’त्तानीको स’निश्चितता नभएमा आयोजना विरुद्ध कडा आन्दोलनमा उत्रिने पीडित स्थानीय सप्लायर्स उत्तरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजनाबाट पीडित मजदुर तथा सप्लायर्सको समस्या समाधानका लागि भन्दै विभिन्न चरणमा छलफल तथा कार्यदल गठन भएता पनि हालसम्म रकम भुक्तानीको ठोस निर्णय नभएकोले राष्ट्रिय गौरबको आयोजना विरुद्ध अन्तिम लडाईको तयारी गर्नुपरेको अर्का स्थानीय सप्लायर्स बिष्ण’मणी आचार्यले बताउनुभयो ।

सिएमसी बाट पाउनुपर्ने रकम भुक्तानीको माग राख्दै मेलम्ची खानेपानी बिकास समितिलाई गत कार्तिकमा बुभाइएको ज्ञापन पत्रको हालसम्म पनि सुनवाई नभएको र उक्त पत्रको बोद्यार्थ जिल्लादेखि प्रधानमन्त्रीको कार्यालय सम्म दिँदा समेत मेलम्ची पीडितको व्यवस्था गरिएकोले आन्दोलनको बिकल्प नभएको आचार्यको भनाई छ ।

हालै मात्र इटालियन ठेकेदार कंम्पनी सिएमसीले विश्वका विभिन्न देशका भेन्डर तथा सप्लायर्सहरुलाई तिर्न बाँकी रकमको सुची सार्वजनिक गरेको छ । जसमा मेलम्ची खानेपानी आयोजनामा सिएमसीले स्थानीय भेन्डर तथा सप्लायर्सहरुको तिर्न बाँकी रकम समेत उल्लेख गरेको छ ।

सोको आधारमा पनि नेपाल सरकारले सिएमसी संग जफत गरेको धरौटी रकमबाट स्थानीय सप्लायर्स तथा भेन्डरको रकम भुक्तानी गर्नुपर्ने आचार्यले बताउनुभयो । आयोजनाले भुक्तानी सप्लायर्सहरुको साढे सत्र करोडभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको पीडित सप्लायर्सले बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);