आज २५६३औं बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज २५६३औं बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना

buddha jayanti

काठमाडौं, ४ जेठ । आज २५६३औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको लुम्बिनीमा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको थियो ।

बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी क्षेत्रलाई झकिझकाउ पारिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनीलाई दीप प्रज्ज्वलन तथा झाँकीले सजाइएको हो । शनिबार बिहान ११ बजे बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको मूल समारोह कार्यक्रम आयोजना हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५का मुख्यमन्त्री शंकर पोख्रेल, लगायत स्वदेशी विदेशीका विशिष्ट महानुभावहरुको सक्रिय सहभागिता रहने छ ।

प्रधानमन्त्रीले शनिबार बिहान भिक्षुहरुलाई चिवर दान दिने कार्यक्रम पनि रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभएको छ ।

यसपटक प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रूपमा बुद्ध पूर्णिमा मनाउने निर्णय गरेका छन्। प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);