लुम्बिनीमा चिनियाँ टोलीको गतिविधिले गतिरोध (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

लुम्बिनीमा चिनियाँ टोलीको गतिविधिले गतिरोध (भिडियोसहित)

लुम्बिनी । बुद्ध जयन्ती पारेर लुम्बिनीमा विश्वभरका बुद्धमार्गीहरु पुग्दा चीनबाट पनि एउटा टोली आएको छ । चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका महासचिव हान सोङ नेतृत्वको ११ सदस्यीय टोली नेपाल आएर मायादेवी मन्दिर नजिकै तामझामको कार्यक्रम गर्न खोज्दा विवादमा परेको छ । विश्व सम्पदा क्षेत्रमा तामझामसहितको कार्यक्रममाथि प्रश्न उठेको हो ।

लुम्बिनीलाई सम्पदा मात्र नभई शान्ति क्षेत्र मानिएकोमा ठूलो आवाजसहितको कार्यक्रम चिनियाँ टोलीले गर्न लागेपछि भीक्षुहरुबाट समेत विरोध आएको छ ।

लुम्बिनी विकास कोषमा यसबारे गुनासाहरु पुगिसकेको बुझिएको छ । यूनेस्कोले संरक्षित क्षेत्र घोषणा गरेको क्षेत्रमा विभिन्न देशहरुका संस्थाहरुले गर्ने गतिविधिबारे यसै पनि प्रश्न उठ्ने गरेको छ । लुम्बिनीको गरिमाको बेवास्ता गर्दैै मायादेवी मन्दिर नजिकै स्टेज नै लगाएर कार्यक्रम गर्दा बुद्ध जयन्तीमा विभिन्न शान्तिपूर्ण कार्यक्रमहरुमा असर पर्ने भन्दै चिनियाँ टोली लुम्बिनीमा पुग्दा विवादमा परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);