आगामी मनसुनमा सरदर भन्दा कम वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

आगामी मनसुनमा सरदर भन्दा कम वर्षा हुने

काठमाडौं । जल तथा मासम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको आँकलन गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभागले यस्तो आँकलन गरेको हो । आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ । कोशी प्रदेशको मध्य र उत्तरपूर्वी भूभाग, वागमती प्रदेशको दक्षिण पूर्वी भूभाग र मधेस प्रदेशको अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको विभागले जनाएको हो ।

विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ । न्युनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशको मध्य भूभाग, कर्णाली प्रदेशको मध्य पश्चिमी भूभाग, गण्डकी र वागमती प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशको पूर्वी भूभागमा तापक्रम सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागको अनुमान छ ।

यस वर्ष मनसुन सिजन जेठ १८ गते देखि असोज १३ गतेसम्म तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);