आन्तरिक पर्यटनले धानेको लुम्बिनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आन्तरिक पर्यटनले धानेको लुम्बिनी

विवेक विश्वकर्मा,भैरहवा ९ बैशाख ।
बर्षको पहिलो दिन बैशाख १ गतेलाई उत्सवको रुपमा मनाउनेहरुको लागी लुम्बिनी पहिलो गन्तब्य स्थानको रुपमा रह्यो । यो दिन दक्षिणमा मायादेवी मन्दिर देखि उत्तर शान्ती स्तूपा सम्म तिर्थालु तथा आन्तरिक पर्यटकहरुले भरि भराउ थियो । बैशाख १ गते मात्रै करिब ३ लाख आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेको लुम्बिनी बिकास

आन्तरिक पर्यटनले धानेको लुम्बिनी

 

 

विवेक विश्वकर्मा,भैरहवा ९  बैशाख । बर्षको पहिलो दिन बैशाख १ गतेलाई उत्सवको रुपमा मनाउनेहरुको लागी लुम्बिनी पहिलो गन्तब्य स्थानको रुपमा रह्यो । यो दिन दक्षिणमा मायादेवी मन्दिर देखि उत्तर शान्ती स्तूपा सम्म तिर्थालु तथा आन्तरिक पर्यटकहरुले भरि भराउ थियो । बैशाख १ गते मात्रै करिब ३ लाख आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेको लुम्बिनी बिकास कोषको दावी रहेको छ । बैशाख १ गते भन्दा केही दिन पहिला चैते पूर्णिमामा लुम्बिनीमा स्थानिय मेला लाग्ने गरेको छ । यो मेलामा पनि करिब ३ लाख भन्दा बढी श्रद्धालुले लुम्बिनी अवलोकन गरेको बिकास कोषको दावी रहेको छ । माथीको यी दुई बिशेष अवसरले स्पष्ट पारेको छ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटनको अवश्था । यस बाहेक दैनिक रुपमा देशका बिभिन्न स्थानबाट श्रद्धालु तथा पर्यटकहरुको आगमनले अहिले लुम्बिनीको चहल पहल बढेको छ ।

 

नेपालीहरुमा पनि भ्रमण गर्ने बानीको बिकास संगै लुम्बिनीमा आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि आएको छ । लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तमाङ्गले बिशेष अवसरहरुमा लुम्बिनी नेपालीहरुको पहिलो रोजाई बनेको बताउछन । दशै, तिहार, नया बर्ष लगायत सार्वजनिक बिदाका दिनहरुमा लुम्बिनीमा आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको तमाङ्गको भनाई छ । गएको बर्ष २०१६ मा १० लाख १५ हजार १ सय ५८ जनाले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी बिकास कोषको तथ्यांकले देखाउछ आन्तरिक पर्यटकहरुको लुम्बिनी भ्रमणले अहिले लुम्बिनी बिकास कोष पनि हौसिएको छ ।

 

लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तामाङ्ग अहिलेको आन्तरिक पर्यटकको लुम्बिनी भ्रमणलाई हेर्दा लुम्बिनीमा थप भौतिक पूर्वाधारहरुको आवश्यकता रहेको बताउछन । “अहिलेको ट्रेण्ड हेर्दा लुम्बिनीमा छोटो अवधि अथवा भनौ १ या २ दिन देशीय पर्यटकहरुलाई लुम्बिनीमा रोक्न थप पूर्वाधारहरुको आवश्यकता रहेको छ ।” तमाङ्गले भने लुम्बिनीमा रहेको पवित्र बगैचामा मात्र अब स्वदेशी पर्यटकहरुलाई राख्न नसकिने बताउदै उनले लुम्बिनीमा अन्य पार्कको आवश्यकता पनि औल्याए ।

 

लुम्बिनीमा मूख्य रुपमा रहेको बिद्युत समस्या समाधान भए पछि र अन्य साना तिना समस्या सामाधान गर्न सके आन्तरिक पर्यटनले मात्रै पनि लुम्बिनीको बिकास सम्भव रहेको उनको भनाई छ । तमाङ्गले पहिले पनि र अहिले पनि स्वदेशी पर्यटकहरु नै लुम्बिनीको प्रधान पर्यटकको रुपमा रहेको बताए । लुम्बिनी आन्तरिक पर्यटकहरुको आकर्षक गन्तब्य स्थानको रुपमा रहेको भए पनि पर्यटकहरु भने लुम्बिनी भ्रमणको लागी प्रयाप्त पूर्वाधार नरहेको गुनासो गरे ।

 

काठमाण्डौंबाट लुम्बिनी भ्रमणका लागी आएका एक जना पर्यटकले लुम्बिनीमा सूचना मूलक सन्देशहरु नहुदा आफुले दुख पाएको बताए । उनले ठाउ ठाउमा बिभिन्न गुम्बामा पुग्ने संकेतहरु राख्न सके पर्यटकले सास्ती नपाउने सुझाव समेत दिए । यस बाहेक लुम्बिनी र बौद्ध धर्म सम्बन्धि प्रचार प्रसार बिदेशोन्मुख भएको आन्तरिक पर्यटकहरुको गुनासो रहेको छ । बिदेशमा मात्र नभई स्वदेशमै लुम्बिनी र बौद्ध दर्शनबारे प्रचार प्रसार गरिए यसले लुम्बिनीमा आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि गर्ने उनिहरुको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);