तापक्रम ४३ डिग्री पुगेपछि विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

तापक्रम ४३ डिग्री पुगेपछि विद्यालय बन्द

school

धनगढी, २० जेठ ।  धनगढी आसपासका क्षेत्रमा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द हुन थालेका छन्। धनगढीको तापक्रम ४० देखि ४३ डिग्री सेल्सियससम्म पुगेको छ। तापक्रम बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ।

गर्मीले बालकालिका बाहिर जान नसक्ने स्थिति भएपछि धनगढी उपमहानगरपालिका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएको छ।

धनगढी उपमहानगरपालिका शिक्षा शाखाले एक सूचना प्रकाशित गरी जेठ २० गतेदेखि २६ गतेसम्म उपमहानगर अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको जनाएको हो। अहिले बन्द रहेका दिनलाई पछि अन्य विदामा कट्टा गरिने समेत जनाइएको छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा छ ।

ताजा समाचार