तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

पेरिस। फ्रान्सका केही भागमा तापक्रममा उच्च बृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ। बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ।

बिहीबार,फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सिय तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङका कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरू बताउँछन्। स्पेन, इटाली र बेलायतमा पनि उच्च तापक्रम बढिरहेको छ। “ताप लहरमा अन्त्य नभएसम्म गिरोन्डेमा सार्वजनिक कार्यक्रममा निषेध गरिएका अधिकारीहरूले बताएका छन्। वातानुकूलित नभएका ठाउँहरूमा घरभित्र गर्ने कार्यक्रमहरूमा पनि प्रतिबन्धित लगाइएको छ। निजी उत्सवहरू जस्तै विवाहमा भने अनुमति दिइनेछ। ‘सबैले अब स्वास्थ्य जोखिमको सामना गरिरहेका छन्’, स्थानीय अधिकारी फाबियन बुचियोले फ्रान्स ब्लु रेडियोलाई भने।

फ्रान्सेली गृह मन्त्रालयले मानिसहरूलाई अत्यन्त सावधान रहन र घाममा बाहिर ननिस्कन चेतावनी दिएको छ।

Leave a Reply

ताजा समाचार