‘नो मास्क, नो राइड’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘नो मास्क, नो राइड’

एजेन्सी १४ जेठ । कोरियामा ११ हजार २२५ कोरोना संक्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । काभिड १९को महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको सिकार नहोस् भन्नका लागि मंलवारदेखि मास्कलाई अनिवार्य गरिएको छ ।

‘नो मास्क, नो राइड’ भन्ने नियमलाई अगाडि सारिएको छ । यस नियम अनुसार ट्याक्सी, ट्रेन, बस आदिमा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ । नियम उल्लंघन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानूनअनुसार कारवाहीसमेत गरिने  छ ।

सार्वजनिक यातायातबाट कोरोना संक्रमण फैलिने जोखिम उच्च हुने भएकाले संक्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);