१२ वर्ष भन्दा माथिका बालबालिकालाई मास्क अनिवार्य गर्न डब्ल्यूएचओको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

१२ वर्ष भन्दा माथिका बालबालिकालाई मास्क अनिवार्य गर्न डब्ल्यूएचओको निर्देशन

एजेन्सी, ७ भदौ । विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले कोरोना भाइरस महामारीबाट बच्न १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका सम्बन्धमा वयस्कका लागि लागू गरिएको नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर स्पष्ट नभएको तर किशोर–किशोरीले झैं बालबालिकाले पनि त्यति नै भाइरस फैलाउने प्रमाण भेटिएको डब्ल्यूएचओ भनाइ छ ।

डब्ल्यूएचओले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले भने मास्क लगाउन नहुने बताएको छ । साथै ६ देखि ११ वर्षका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गरिदिन र स्थान हेरेर उनीहरुको हेरविचार गरिदिन आग्रह गरेको छ ।

डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र त्योभन्दा धेरै उमेर भएका र अन्य रोगबाट ग्रसित व्यक्तिहरुले मेडिकल मास्क लगाउनुपर्ने निर्देशीका जारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);