ब्रिटिस गोर्खा सैनिकको माग गरिदिन सरकारलाई महराको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

ब्रिटिस गोर्खा सैनिकको माग गरिदिन सरकारलाई महराको आग्रह

krishna bahadur mahara

काठमाडौं, ८ माघ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्न ब्रिटिस सरकारसँग पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

सभामुख महराले ब्रिटेनमा ठूलो त्याग र बलिदानीपूर्ण संघर्ष गरी रगत, पसिना बगाएका भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न ब्रिटिस सरकारले आनकानी गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । मंगलबार भूतपूर्व ब्रिटिस गोर्खा सैनिक कल्याणकारी समितिल आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले आर्जेको सम्पत्ति राष्ट्र निर्माणमा सदुपयोग गर्ने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सभामुख महराले संविधान र कानुनको परिधि भित्र रहेर भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई नागरिकको उचित व्यवस्था गर्न आफूले पहल गर्ने बताए ।