३३ केजी सुन प्रकरण: गोरेका भाई दुवइमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

३३ केजी सुन प्रकरण: गोरेका भाई दुवइमा पक्राउ

gold-baramad

काठमाडौं, ३२ असार । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएईमा पक्राउ परेका छन् । नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहांको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको हो ।

उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो। उप्रेती सो गिरोहका मुख्य अभियुक्त गोरेका भाई हुन ्। उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबार गर्दै आएको प्रहरीले लामो अनुसन्धानपछि पत्ता लगाएको थियो । उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उप्रेतीलाई फरार प्रतिवादीका रुपमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ। सो प्रकरणमा उप्रेतीसहित ४ जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । बेनु श्रेष्ठ, मोहन अग्रवाल, र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार