नाइकले जित्यो विश्वकप ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नाइकले जित्यो विश्वकप !

nikevsadidas

एजेन्सी, ३२ असार । धेरैलाई लाग्न सक्छ, आइतबार राति मस्कोमा सम्पन्न भएको फिफा विश्वकपको फाइनल फ्रान्स र क्रोएसियाबीच भएको थियो । तर, असली खेल भने नाइक तथा एडिडासबीच भएको छ । विश्वकप फुटबल खेलकुदका सामग्री उत्पादन गर्ने कम्पनीका लागि एउटा ठूलो व्यापारिक सपना हो । खेलकुदका सामग्री उत्पादन गर्दै आएका विश्वका ठूला ब्राण्डलाई अनुमानित १ अर्ब बढी समर्थकले एकैपटक हेर्न पाउने यो प्रतियोगिता एउटा सबैभन्दा ठूलो अवसर हो ।

रसिया विश्वकपमा एडिडासले १२ टिमलाई प्रयोजन गरेको थियो । जसमा जर्मनीपनि समावेश थियो र जर्मनीलाई उसले ५६.७ मिलियन अमेरिकी डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले फ्रान्सको टोलीलाई ५६ मिलियन डलर र इंग्ल्याण्डलाई ४० मिलियन डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले धेरै लगानी गरेका दुवै टोली सेमिफाइनलमा पुगे । एडिडासले प्रायोजन गरेको बेल्जियम मात्रै सेमिफाइनलमा पुगेको थियो ।

यसपालीको विश्वकपमा करिब ६५ प्रतिशत खेलाडीले नाइकको जुत्ता लगाएका छन् । सेमिफाइनलसम्म भएका १५० गोलमध्ये ९४ गोल नाइकका बुट लगाउने खेलाडीले गरेका हुन् । यसले नाइकको ब्राण्ड निर्माणमा ठूलो सहयोग पुर्याएको विश्लेषकहरू बताउँछन् ।

गोल्डेन बुटका दावेदारहरू ह्यारी केन, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र उरुग्वेका एडिन्सन काभानीले नाइकको बुट लगाएका थिए । एडिडासको बुटचाहिँ अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डी मारियाले लगाएका थिए ।

यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);