मुसेवालाको हत्यारा र सलमानलाई धम्की दिने लारेन्स गिरफ्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मुसेवालाको हत्यारा र सलमानलाई धम्की दिने लारेन्स गिरफ्तार

एजेन्सी,११ साउन । बलिउड अभिनेता सलमान खानलाई धम्की दिने ग्याङ्स्टर विक्रमजीत उर्फ विक्रम ब्रारलाई एनआईएले बुधबार युएईबाट पक्राउ गरेको छ । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि ब्रार संलग्न थिए र त्यसयता फरार थिए।

साउन ६ गते इन्टरपोलले विक्रम बरारविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । युएईमा पक्राउ परेपछि एनआइएको टोलीले विक्रम बरारलाई दुबईबाट भारत ल्याउने भएको छ । यस विक्रम बरारविरुद्ध ११ भन्दा बढी ज्यान मार्ने मुद्दा परेका छन् ।

जबरजस्ती असुली र ज्यान मार्ने प्रयासका घटना पनि धेरै छन् । विक्रम बरार सन् २०२० देखि प्रहरी अभिलेखमा खोजी रहेका थिए । यसविरुद्ध अहिलेसम्म ११ पटक लुकआउट नोटिस जारी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);