को हुन् राहुल गान्धीलाई उडाउने धम्की दिने व्यक्ति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

को हुन् राहुल गान्धीलाई उडाउने धम्की दिने व्यक्ति ?

एजेन्सी, १५ वैशाख । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई मार्ने धम्की दिने व्यक्तिलाई मध्य प्रदेश प्रहरीले पक्राउ गरेको छ । भारत जोडो यात्राका क्रममा राहुललाई दया सिंह उर्फ प्यारे सिंहले यात्राकै क्रममा मार्ने धम्की दिएका थिए ।

अभियुक्त दया सिंहलाई अपराध महाशाखा रसुकाले पक्राउ गरेको छ । ६० वर्षीय दया सिंह पञ्जाबी मोहल्ला, राजेन्द्रनगर, बेतुलका निवासी हुन् । उनलाई बुधबार उज्जैनबाट पक्राउ गरिएको हो । रसुका अन्तर्गत पक्राउ पुर्जी जारी भएदेखि उनी फरार थिए ।

डीसीपी (अपराध) निमिश अग्रवालले भने गत वर्ष नोभेम्बरमा, आरोपीहरूले एक मिठाई पसलमा चिठी लेखेका थिए, राहुल गान्धीलाई मार्ने र इन्दौरमा बम विस्फोट गराउने धम्की दिएका थिए। प्रहरीले त्यसबेला दया सिंहलाई समात्यो तर उनी धरौटीमा रिहा भए । पछि कलेक्टरले अभियुक्त विरुद्ध रसुका वारेन्ट जारी गरे पनि उनी पक्राउ परेनन् । इन्दौर थानाको पुलिसले वारेन्ट कार्यान्वयन गर्न सकेन। लगत्तै अपराध शाखाले बुधबार दया सिंहलाई पक्राउ गर्न सफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);