मानहानि मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मानहानि मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय

एजेन्सी, ९ चैत्र । सुरतको एक अदालतले बिहीबार राहुल गान्धीलाई ‘सबै चोरको उपनाम मोदी…’ भन्ने भनाइसँग सम्बन्धित मानहानीको मुद्दामा दोषी ठहर गरेको छ । उक्त फैसलाको २७ मिनेटपछि सोही अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको हो । केही समयपछि उनलाई ३० दिनको लागि जमानत पनि दिइएको थियो । सुनुवाइका क्रममा राहुल अदालतमा उपस्थित थिए ।

राहुलले पनि अदालतमा आफ्नो पक्ष प्रस्तुत गरेका थिए । उनका वकिलका अनुसार राहुलले बयान दिने क्रममा आफ्नो नियत गलत नभएको अदालतलाई बताए । ‘मैले भ्रष्टाचारविरुद्ध आवाज उठाएको थिएँ ।’ यस मामिलामा उनीविरुद्ध विगत ४ वर्षदेखि मानहानीको मुद्दा चलिरहेको थियो । यसअघि फागुन १७ गते अदालतले यस विषयमा सबै बहस सुनेर फैसला सुरक्षित राखेको थियो ।

राहुललाई आईपीसीको धारा ५०० अन्तर्गत दोषी ठहर गरिएको छ । यसमा २ वर्षसम्म कैदको व्यवस्था छ । राहुलका वकिलले अदालतलाई भने– यो सम्पूर्ण घटनामा कोही पनि घाइते भएका छैनन् । यसबाट कसैलाई नोक्सान भएको छैन । त्यसकारण हामी कसैसँग दया माग्दैनौं।

२०१९ को लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक ¥यालीमा राहुलले आफ्नो भाषणमा चोरको उपनाम मोदी हो भनेका थिए । किन सबै चोरको उपनाम मोदी हुन्छ, चाहे त्यो ललित मोदी होस् वा नीरव मोदी होस् वा नरेन्द्र मोदी होस्। यस मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी तीन पटक अदालतमा हाजिर भएका थिए । अक्टोबर २०२१ को अन्तिम उपस्थितिको समयमा, उनले आफूलाई निर्दोष भने।

उनी विरुद्ध सुरत पश्चिमका विधायक पूर्णेश मोदीले मुद्दा दायर गरेका हुन्। पूर्णेशले भने कि राहुल गान्धीले हाम्रो समाजलाई चोर भनेका थिए । चुनावी सभामा हामीमाथि हाम्रो र समाजको भावनामा चोट पु¥याउने आरोप लगाइयो । त्यसैले हामीले यो मुद्दा अदालतमा ल्याएका हौं । अन्तिम साससम्म लड्नेछौं। हामीलाई न्यायपालिकामा पूर्ण विश्वास छ ।

यद्यपि, राहुल गान्धीका वकिलले तर्क दिएका थिए कि पूर्णेश मोदीलाई मुद्दामा पीडित पक्षको रूपमा उजुरीकर्ता हुनु हुँदैनथ्यो, किनकि राहुल गान्धीको अधिकांश भाषणहरू प्रधानमन्त्रीलाई लक्षित गरिएको थियो, पूर्णेश मोदीलाई होइन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);