प्रदेश ५ सरकारको बजेट ३६ अर्ब ३५ करोड २५ लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश ५ सरकारको बजेट ३६ अर्ब ३५ करोड २५ लाख

काठमाडौँ, १ असार । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए ।

त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ । सरकारले ल्याएको बजेट कोरोना केन्द्रीत छ । सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ ।

सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ । कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ । कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भुमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ । उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);