सरकारको बजेट ३३ अर्ब ७४ करोड, कोरोना नियन्त्रणका लागि १ अर्ब ५५ करोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारको बजेट ३३ अर्ब ७४ करोड, कोरोना नियन्त्रणका लागि १ अर्ब ५५ करोड

कर्णाली, १ असार | आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५० करोड कम आकारको बजेट ल्याएको घोषणा गर्नुभयो । बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने प्रदेशको लक्ष्य छ । यसैगरी बजेटमा मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरिएको छ । मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेका हुन् ।

यस्तै नयाँ संगठन संरचना स्थापना नगर्ने र एम्बुलेन्सबाहेक सवारी साधान पनि खरिद नगर्ने बजेटमा उल्लेख छ । कर्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिव ६० प्रतिशत कटौती गरिएको छ ।

बजेटमा कोरोना महामारी नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट छुट्याएको छ । प्रदेश अस्पतालमा २०० आइसोलेसन सेन्टर, ४० आईसीयू र २० भेन्टिलेटर बनाएइनेछ भने हरेक जिलामा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहित सघन उपचार कक्ष बनाउन बजेट छुट्याइएको छ ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);