मध्यनेपालको बजेट चालू आवको भन्दा चार करोड बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मध्यनेपालको बजेट चालू आवको भन्दा चार करोड बढी

लमजुङ।लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको तुलनामा झण्डै चार करोड बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा तीन करोड ९९ लाख ६० हजार रुपैयाँ बढी बजेट सार्वजनिक गरेको हो ।मध्यनेपाल नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट पास गरेको हो । गतवर्ष नगरपालिकाले चालू आर्थिक वर्षका लागि ६७ करोड ८८ लाख नौ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । नगरसभामा प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्षका लागि वडाहरूको समानुपातिक विकासका लागि एक करोड, संघीय सरकारबाट प्राप्त समपूरक आयोजनाका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।सोबाहेक नगरपालिकाले वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, शिक्षा र स्वास्थ्य स्वास्थ्यसहित समग्र सामाजिक विकासतर्फ दुई करोड ६६ लाख, समग्र नगरको आर्थिक विकासको क्षेत्रका लागि १५ लाख विनियोजन भएको छ । यसैगरी ४० हजारसम्मका फुटकर आयोजनाका लागि १६ लाख रुपैयाँ विनियोजन भएको छ ।मध्यनेपाल नगरपालिकाले पूर्वाधार विकासतर्फ समपूरक कोषसहित १० करोड ६८ लाख ३१ हजार विनियोजन गरेको छ । संस्थागत सुधार सेवाप्रवाह र सुशासन तथा क्षमता विकासतर्फ आर्थिक सहयोगको ४० लाखसहित ७१ लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले संघीय सरकार सशर्त कार्यक्रमतर्फ सामाजिक सुरक्षाभत्ता सहित ४० करोड ९७ लाख सशर्त शीर्षकहरूमा नै राखेको छ । वडा कार्यालयसहित सम्पूर्ण प्रशासनिक खर्चतर्फ आठ करोड ६४ लाख ३८ हजार विनियोजन भएको छ ।नेपाल सरकार विशेष कार्यक्रमको अनुदान एक करोड ७० लाख सोही शीर्षकमा राखेको नगरपालिकाले जनाएको छ भने आगामी आर्थिक वर्षमा सवारी साधन खरिदतर्फ ७० लाख विनियोजन भएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, शिक्षा आर्थिक, सामाजिक र पूर्वाधार विकाससँगै वन वातावरण र विपद् व्यवस्थापन, संस्थागत विकास र सेवाप्रवाह, वित्तीय व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको जनाएको छ ।नगरपालिले मातहतका कर्मचारीको मनोबल बढाई सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउन नगर कार्यपालिका कार्यालय र वडा कार्यालयमा कार्यरत सम्पूर्ण जनप्रतिनिधरु र कर्मचारीहरुलाई दुर्घटना बिमा र स्वास्थ्य बिमा प्रिमियमवापतको रकम नगरपालिकाले बेहोर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आयतर्फ संघतर्फको समानीकरण अनुदानबाट ११ करोड तीन लाख, राजस्व बाँडफाँड अनुदान आठ करोड ७२ लाख १७ हजार, सशर्त अनुदान ३० करोड ९७ लाख, विशेष अनुदान एक करोड ७० लाख, समपूरक अनुदान दुई करोड ७५ लाख अनुमान गरेको छ।त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदान एक करोड २४ लाख ४८ हजार, सवारी साधन कर बाँडफाँट एक करोड ७१ लाख चार हजार, विशेष अनुदान, ५० लाख, समपूरक अनुदान ५० लाख, आन्तरिक राजस्व एक करोड २५ लाख अनुमान गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);