राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो

लमजुङ। राइनास नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । pradesh नगरपालिकाले १० औँ नगर सभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन्  । उनका अनुसार चालुतर्फ ४२ करोड ४२ लाख र पूँजीगततर्फ १६ करोड ९७ लाख रुपैयाँ बजेट रहेको छ । नगरपालिकाले आगामी वर्षका लागि कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, दीगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य शिक्षा खानेपानीमा सबैको पहुँच उत्पादन र रोजगारी प्रवद्र्धनमार्फत गरिवी निवारणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);