सरकारको मुख्य दायित्व निर्वाचन ः खनाल | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सरकारको मुख्य दायित्व निर्वाचन ः खनाल

भैैरहवा, १ फागुन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल बलदेवले वर्तमान सरकारको मुख्य दायित्व भनेकै तीन तहको निर्वाचन गराउनु रहेको बताएका छन । आगामी २०७४ साल फागुन ७ गते भित्र निर्वाचन गर्न नसके संविधान धरापमा पर्ने भएकोले सरकार चुनाव तर्फ केन्द्रीत भएको

सरकारको मुख्य दायित्व निर्वाचन ः खनाल

भैैरहवा, १ फागुन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल बलदेवले वर्तमान सरकारको मुख्य दायित्व भनेकै तीन तहको निर्वाचन गराउनु रहेको बताएका छन । आगामी २०७४ साल फागुन ७ गते भित्र निर्वाचन गर्न नसके संविधान धरापमा पर्ने भएकोले सरकार चुनाव तर्फ केन्द्रीत भएको उनले बताए ।

२२ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र जिल्ला समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै खनालले मधेश आन्दोलनलाई संविधानले समेट्न नसकेकोले संविधान संसोधन मार्फत यी मागहरु सम्बोधन गरी संविधान कार्यान्यवनमा सबै राजनीतिक दलहरु गम्भीर भएर लाग्नुपर्ने कुरामा जोड दिए । तराईमा मधेशी भनेर हेपिएका जनताहरुलाई अधिकार दिलाउन नै संविधान संसोधनको कुरा आएको हो । उनले भने ।

नेकपा माओवादी केन्द्र पार्टी केन्द्रीय कार्यालयका सदस्य समेत रहेका नेता खनालले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धीहरु संस्थागत गर्न सके मात्र देशलाई समृद्धिको बाटोमा लैजान सकिने औल्याए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);