शर्माको आमरण अनशनमा सरकारी चासो नहुनु आपत्तिजनक– डा.भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शर्माको आमरण अनशनमा सरकारी चासो नहुनु आपत्तिजनक– डा.भट्टराई

१ फागुन ,धनुषा ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुर विकासका लागी जनकपुर बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले आमरण अनशन गर्दा समेत चासो नदेखाउनु आपत्तिजनक रहेको बताउनु भएको छ ।
आइतबार जनकपुरमा रामकुमार शर्मालाई अनशन स्थलमा भेट गर्न पुगेका भट्टराई पत्रकारहरु संग कुरा गर्दै

शर्माको आमरण अनशनमा सरकारी चासो नहुनु आपत्तिजनक– डा.भट्टराई

 

१ फागुन ,धनुषा ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले आमरण अनशन गर्दा समेत चासो नदेखाउनु आपत्तिजनक रहेको बताउनु भएको छ । आइतबार जनकपुरमा रामकुमार शर्मालाई अनशन स्थलमा भेटेपछि पत्रकारहरु संग कुरा गर्दै पूर्वप्रधानमन्त्री भट्टराई सुन्दर तथा ऐतिहासिक नगरी जनकपुरधामको विकासप्रति चासो नदेखाउनु दुःखद रहेको बताउनु भयो । उहाँले रामकुमार शर्मा जनकपुरको समग्र विकासका लागि अनशन बस्नु भएको भन्दै आफूले उहाँको अनशन सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराई सकेको जानकारी दिनुभयो ।

 

प्रधानमन्त्री प्रचण्डले शर्माको अनशन सम्बन्धमा अनभिज्ञता प्रकट गर्नु भएको जानकारी समेत दिनुभयो । उहाँले देशको प्रधानमन्त्रीले  ११ दिन सम्म भईसकेको अनशन सम्बन्धमा अनभिज्ञता प्रकट गर्नु हास्यास्पद रहेको बताए । यो अनशनलाई कुनै पार्टीको कार्यकर्ताको अनशनको रुपमा मात्रै नभएर सम्पूर्ण जनकपुरवासीको विकासका लागि गरिएको  संघर्षको रुपमा लिन सबै संग आग्रह गर्नुभयो ।

एक अर्को प्रसंगमा भट्टराईले प्रमुख दलहरुले गरेका त्रुटीकै कारण संविधान कार्यान्वयन हुन नसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो अहिले पनि प्रस्तुत भएका संशोधन विधेयक सम्पूर्ण नेपाली जनताको माँग सम्बोधन गर्न नसक्ने भएकाले परिमार्जन सहितको संशोधन विधेयकबाट सम्पूर्ण नेपालीको माँगलाई सम्बोधन गर्नु तर्फ अग्रसर हुनु पर्छ । संविधानमा रहेका अपूर्णतालाई पूर्णता नदिए सम्म संविधान कार्यान्वयन हुन सक्दैन उहाँले ठोकुवा गर्नु भयो ।

आफूहरु निर्वाचन छिटो भन्दा छिटो चुनाव होस भन्ने पक्षमा रहेपनि संघियता कार्यान्वयन नहुन्जेल निर्वाचन असम्भव छ उहाँको भनाई थियो । निर्वाचन गर्नका लागि संविधान संशोधन देशका लागि आवश्यक रहेको भन्दै भट्टराईले प्रमुख दलहरु संशोधनभन्दा पहिले निर्वाचनको कुरा झिकेर निहुँ खोजीरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो आफै संविधान कार्यान्वयन गर्न नसक्ने उल्टै अन्य पक्षलाई निर्वाचन गर्न टडकारो बनिरहेको भन्ने न्यायोचित हुन सक्दैन ।

नयाँ शक्ति नेपाल पार्टीको संयोजक समेत रह्नु भएको भट्टराई केपी ओली प्रवृति र सिके राउत प्रवृति एउटै सिक्काका दूई पाटा रहेको बताउनु भएको छ । उहाँले मधेशी थारु, जनजाति लगायतका समुदाय माथि राज्यले विभेद गरेकै कारण सिके राउत प्रवृतिको जन्म भएको दावी गर्नु भयो ।      

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);