आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी उपमेयरले तोडिन् अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी उपमेयरले तोडिन् अनशन

meyer upmayer

काठमाडौं, ६ चैत । आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाले अनशन तोडेकी छन् । उनले आइतबार राति करिब ९ बजे अनशन तोडेको मेयर रामज्ञान मण्डलले बताए ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको थियो । बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी हुन् ।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन् । मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झा अनशन बसेकी थिइन्।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी थिइन् । ‘दुई महिनाअघि सम्पन्न प्रथम नगरसभाको हरहिसाबसमेत मलाई स्पष्ट रूपमा जानकारी गराइएको छैन,’ उनले भनिन् ।

मेयर मण्डलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा निर्वाचनको ६ महिनाभित्र दुईतिहाइ बहुमतले केन्द्र परिवर्तन गर्न सकिने प्रावधान रहेको बताए । ‘नगरवासीलाई पायक पर्ने स्थानमा कार्यालय सार्न सदस्यहरूको दबाब छ ।

दुईतिहाइभन्दा बढी बहुमतले कार्यालय सार्न दबाब दिएकाले कानुनअनुसार प्रक्रिया अगाडि बढाउनु मेरो कर्तव्य हो,’ उनले भने । नगरपालिकामा तालाबन्दी भएपछि जन्मदर्ता, विवाहदर्ता तथा विकास निर्माणका कार्य प्रभावित भएका थिए । आजको नयाँ पत्रिकामा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);