बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा भएन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा भएन्

१ फागुन ,बैतडी ।
डेढ बर्षभित्र सदरमुकामका घरघरमा खानेपानी पुर्याउने लक्ष्य सहित सुरु भएको बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा हुन सकेको छैन । दशरथचन्द नगरपालिकाका ६ वडाका ९ सय ८१ घर लक्षित उक्त आयोजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित अक्टुबर ०१३ मा सुरु भएको थियो । ४० महिना बित्दा समेत

बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा भएन्

१ फागुन ,बैतडी ।
डेढ बर्षभित्र सदरमुकामका घरघरमा खानेपानी पुर्याउने लक्ष्य सहित सुरु भएको बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा हुन सकेको छैन । दशरथचन्द नगरपालिकाका ६ वडाका ९ सय ८१ घर लक्षित उक्त आयोजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित अक्टुबर ०१३ मा सुरु भएको थियो । ४० महिना बित्दा समेत काम पुरा भएको छैन । पछिल्लो पटक थपिएको म्याद डिसेम्वर ०१६ मा सकिएको छ । उपभोक्ता समिति, परामर्शदाता र निर्माण कम्पनीको ढिलाईले समयमै योजना सम्पन्न हुन नसकेको हो ।

 

उक्त आयोजनाको पाईप नेपालमा नबन्ने र नाकाबन्दी लगायतका कारणले बाहिरबाट ल्याउन ढिला हुदा समयमै काम सम्पन्न गर्न नसकेको परामर्शदाता कम्पनी ईआरएमसीका ईन्जिनियर प्रदिप मल्लले बताउनुभयो । कडा चट्टान भएका भीरमा पाईप लाईन जडानमा भएको समस्याका कारण ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । समयमा बिद्युत ट्रान्सफर्मर जडान नहुदा पाईप लाईन पुरा गर्न ढिलाई भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);