इलाममा साना सहरी खानेपानी आयोजनाको काम ६० प्रतिशत सम्पन्न (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इलाममा साना सहरी खानेपानी आयोजनाको काम ६० प्रतिशत सम्पन्न (भिडियोसहित)

इलाम, २४ मंसिर । इलाममा साना सहरी खानेपानी आयोजनाको काम ६० प्रतिशत सम्पन्न भएको छ । चैत्र महिना सम्ममा सम्पन्न गर्ने लक्ष राखिएको आयोजनाको पाइपलाइन, पानी प्रशोधन केन्द्र, ट्यांकी निर्माण लगायत गरी ६० प्रतिशत काम सम्पन्न भएको हो । ५७ करोड ९५ लाख ७ हजारमा ‘रमण कन्स्ट्रक्सन कम्पनी’ ले आयोजनाको ठेक्का लिएको हो ।

आयोजना सञ्चालनकालागि नगर विकास कोषको २५ प्रतिशत अर्थात १४ करोड ४८ लाख ७७ हजार र उपभोक्तामार्फत उठाइएको २ करोड ८९ लाख ७५ हजार मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । २ वर्षभित्र सम्पन्न गर्ने सम्झौता सहित ७५ साल चैत्र महिनामा काम सुरु गरिएको थियो ।

आयोजना सम्पन्न भए पश्चात ३ वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सम्हार गर्ने सम्झौता भएको छ । आयोजनाले कोरोना महामारीका कारण ५ महिना काम हुन नसके पनि समयमै काम सम्पन्न गर्र्ने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);